सप्तरीमा एमालेका जिल्ला नेता चढेको कार दुर्घटना, पाँच जना घाइते

नेपालभ्युज

सप्तरीमा एमालेका जिल्ला नेता चढेको कार दुर्घटना, पाँच जना घाइते

सप्तरी। सप्तरीमा नेकपा एमालेका जिल्ला नेताहरु चढेको कार दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् ।

जिल्ला कमिटीको बैठकका लागि राजविराजतर्फ गइरहेको बेला कार सडकबाट पल्टिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

दुर्घटनामा एमाले जिल्ला कमिटी सदस्यहरू किरण पन्थ, हरिहर बस्नेत, भुवन केसी, सुनिता कटुवाल र बच्चुलाल चौधरी कार दुर्घटनामा घाइते भएका छन् । उनीहरुलाई उपचारका लागि राजविराज लगिएको छ ।

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved