बर्दीमै मदिरा चोर्दा कारबाहीमा परेका थिए प्रहरी जवान राय

कोरोनाको महामारी चलिरहँदा ०७८ जेठ ९ गते प्रहरी बर्दीमा नै उनले मदिरा पसलबाट मदिरा चोरी गरेका थिए। सो भिडिओ त्यसताका भाइरल भएको थियो।

नेपालभ्युज

बर्दीमै मदिरा चोर्दा कारबाहीमा परेका थिए प्रहरी जवान राय

काठमाडौं । जिल्ला प्रहरी कार्यालय सिराहामा कार्यरत प्रहरी जवान अन्नुकुमार रायलाई पछाडि हात बाँधेर ‘यातना दिएको’ भिडिओ सामाजिक सञ्जालमा भाइरल भएपछि एकातर्फी रूपमा सहानुभूति आइरहेका छन्।

हात खुट्टा बाँधेर सजाय दिने प्रहरी अधिकारीप्रति गालीको वर्षा भइरहेको छ।

मधेस प्रदेश प्रहरी घटनाको विषयमा छानबिन गर्न ५ सदस्यीय छानबिन टोलीसमेत बनाएको छ। अनुशासन विपरीतका क्रियाकलाप गरेपछि जिल्ला प्रहरी कार्यालयमा नै उनलाई हतकडी लगाएर राखिएको खुलेको छ। उनलाई थप यातना भने नदिइएको जिप्रकाको भनाइ छ।

राय विवादित पृष्ठभूमि भएका प्रहरी जवान भएको सिराहा प्रहरीले जनाएको छ। उनले अनुशासन उल्लङ्घन गरेका कारण दुई वर्ष अगाडिसमेत कारबाही भोगेका थिए।

कोरोनाको महामारी चलिरहँदा ०७८ जेठ ९ गते प्रहरी बर्दीमा नै उनले मदिरा पसलबाट मदिरा चोरी गरेका थिए। सो भिडिओ त्यसताका भाइरल भएको थियो।

प्रहरी कार्यालयमै प्रहरी जवानलाई १२ घण्टासम्म चरम यातना

त्यसपछि उनी निलम्बनमा परेका थिए। जिल्ला प्रहरी कार्यालय सिरहा स्रोतकाअनुसार लहान नगरपालिका २२ गढिया चोकस्थित पूजा होटेल एवं एसके मदिरा पसलबाट ‘भोड्का’ को बोतल चोरी गरेको आरोपमा उनीसहित तीनजना प्रहरीलाई निलम्बन गरिएको थियो ।

कोरोना महामारीमा लकडाउन गरिएको थियो। लकडाउनमा मदिरा पसल खोल्ने पसल सञ्चालक प्रहरीहरू पुग्नासाथ भागे। पसल सञ्चालक भागेपछि प्रहरी जवान रायसहितले भोड्काको बोतल झिकेर गोजीमा हालेका थिए। सो भिडिओ सार्वजनिक भएपछि उनीहरूलाई हिरासतमै राखिएको थियो।

जवान रायलाई ०७८ साउन ७ मा २ ग्रेड घटुवासहित निलम्बन फुकुवा गरियो। अहिले फेरी उनी अनुशासनहीनताकै कारण विवादमा तानिएका हुन्। उनले अनुशासन तोडेको भन्दै हात बाँधेर यातना दिइएको छ।

तर त्यसरी यातना दिइएको विषयमा भने छानबिन गर्न मधेस प्रदेश प्रहरी कार्यालयले ज्ञानकुमार महतोको संयोजकत्वमा ५ सदस्यीय टोली बनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved