प्रहरी कार्यालयमै प्रहरी जवानलाई १२ घण्टासम्म चरम यातना

नेपालभ्युज

https://www.facebook.com/nepalviewsnv/videos/1003249004021603/

काठमाडौं। फोटोमा देखिएको हात र खुट्दा बाँधेर राखिएको मानिस हेर्दा लाग्दा कुनै चोरलाई सजाय दिइएको होला। तर, नझुक्किनुस् फट्याइँ काम गरेर सजाय पाइरहेको मानिस नभएर प्रहरी हुन्।

जिल्ला प्रहरी कार्यालय सिराहामा कार्यरत प्रहरी जवान अनु रायलाई हातखुट्टा बाँधेर राखिएको हो। त्यो पनि एक छिन, एक घण्टा होइन। १२ घण्टासम्म हात पछाडि बाँधेर चरम यातना दिइएको हो। १२ घन्टासम्म एक थोपा पनि पानी पिउन पनि दिइएन।

सो भिडिओ अहिले सार्वजनिक भएको छ। रायलाई सोही कार्यालयमा कार्यरत प्रहरी निरीक्षक (इन्स्पेक्टर) हेमन्त राईले यातना दिएको आरोप छ।

आफूसँग मुख मुखै लागेको आरोप लागेपछि इन्स्पेक्टर राईले हातखुट्टा बाँधेर १२ घण्टासम्म यातना दिएका हुन्।

इन्स्पेक्टर राईकै कमान्डमा प्रहरी जवान रायलाई निरन्तर अधिक ड्युटी गराएपछि उनले हबल्दारसँग गुनासो पोखेका थिए। हबल्दारको सल्लाहअनुसार पीडित राय इन्स्पेक्टर राईसँग गुनासो गर्न गएका थिए।

सो क्रममा इन्स्पेक्टर राईले तथानाम,अभद्र गाली गलौज गरेपछि आक्रोशित भएका रायले समेत इन्स्पेक्टरसँग मुखामुख गरेका थिए।

मुखामुख गरेकै कारण उनलाई यातना दिइएको खुलेको हो। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा डीएसपी रविन्द्रराज पाण्डेले भने यातना नदिएको दाबी गर्दै इन्स्पेक्टर राईको बचाउ गरेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved