जेलेन्स्कीलाई नेटोको सन्देश-‘मागेजति सबै पाइँदैन, पाएकोमा खुसी होउ’

नेटो सदस्य देशले युक्रेनलाई अहिले नै सदस्यता दिने निर्णय गर्न सकेका छैनन्। किनकी, युक्रेन सदस्य बनेमा नेटोले आफैलाई आक्रमण गरेको ठानेर रुसलाई आक्रमण गर्नुपर्नेछ र अर्को भयानक आणविक युद्धको जोखिम हुनेछ ।

नेपालभ्युज

जेलेन्स्कीलाई नेटोको सन्देश-‘मागेजति सबै पाइँदैन, पाएकोमा खुसी होउ’

एजेन्सी। युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की ठूलो अपेक्षाको भारी बोकेर लिथुआनियाको भिल्नियसमा पुगेका थिए ।

भिल्नियसमा उत्तर एटलान्टिक सन्धी संगठन नेटोको शिखर सम्मेलन चलिरहेको थियो । नेटो देशमा आवद्ध सबै देशका प्रमुखहरुको सम्मेलनमा जेलेन्स्की अतिथीको रुपमा सहभागी भए ।

रुसले युक्रेनमा आक्रमण गरेदेखि नै अमेरिका र क्यानडासहितका अधिकांश युरोपेली देशले युक्रेनलाई सहयोग गरिरहेका छन् ।  तर सहयोगको साथमा युक्रेनले चाँडो भन्दा चाँडो नेटोको सदस्यता मागिरहेको छ ।

नेटो सदस्य देशले युक्रेनलाई अहिले नै सदस्यता दिने निर्णय गर्न सकेका छैनन्। किनकी, युक्रेन सदस्य बनेमा नेटोले आफैलाई आक्रमण गरेको ठानेर रुसलाई आक्रमण गर्नुपर्नेछ र अर्को भयानक आणविक युद्धको जोखिम हुनेछ ।

युक्रेनले नेटोको सदस्यता नपाएपनि आश्वासन भने पाइरहेको छ । राष्ट्रपति जेलेन्स्की विश्वको सबैभन्दा शक्तिशाली सैन्य गठबन्धनको सदस्यता लिएर आफ्ना जनताका लागि आशाको किरण बन्न चाहन्छन् । त्यसैले हरेक अन्तरवार्ता र भ्रमणमा उनले नेटोको सदस्यता नदिएकोप्रति असन्तुष्टि पोखिरहेका हुन्छन् ।

जेलेन्स्की चाहन्छन- रुसी सेनाले युक्रनी भूमिलाई कहिल्यै नष्ट गर्न नसकोस् । यसपटक नेटोको शिखर सम्मेलनमा आमन्त्रण पाउने वित्तिकै जेलेन्स्कीको मनमा घिउको लड्डु फुटिसकेको थियो । यसपटक पक्कै युक्रेनलाई नेटोमा सामेल गराउने निर्णय हुनेछ भनेर । तर यसपटक पनि जेलेन्स्कीले पुरानै आश्वासन मात्रै पाए । सदस्यता पाएनन् ।

उनी शिखर सम्मेलनबाहिर पत्रकारसँगको कुराकानीमा नेटो सदस्य देशप्रति निकै आक्रोसित  भए । आक्रोसित नहोउन पनि कसरी, युक्रेन भन्दा पछि आवेदन दिएको फिनल्याण्डले नेटोको सदस्यता पाइसकेको छ । स्वीडेन सदस्यता प्राप्तिको अन्तिम चरणमा छ ।

जेलेन्स्कीलेले पत्रकारसँग भनेका छन्, ‘नेटो नेताहरूले युक्रेनलाई प्रवेशको लागि समय तालिका नदिनु बेतुक हो, यो ढिलाईबाट मेरो देश खुसी छैन ।’

नेटो देशका शीर्ष नेताले आक्रोसित जेलेन्स्कीलाई फकाउने कोसिस भने जारी राखेका छन् । उनीहरुले युक्रेन नेटोमा आवद्ध नभएपनि सैन्य र अरु सहयोग निरन्तर रहने आश्वासन दिए ।

बेलायतका प्रधानमन्त्री ऋषि सुनकले युक्रेन नेटोको सदस्य नभएपनि सैन्य गठबन्धनमा रहेको बताए । नेटोका महासचिव जेन्स स्टोल्टनबर्गले पनि जेलेन्स्कीलाई आफूहरु साथमै रहेको भन्दै नआत्तिन आग्रह गरे ।

सम्मेलन सकिएर घर जाने बेलामा नेटो देशका शीर्ष नेताले जेलेन्स्कीलाई स्पष्ट सन्देश दिएका छन् । त्यो सन्देश एउटा चर्चित गीतसँग मिल्दो छ ।  द रोलिङ स्टोन्सको गीतले भन्छ, ‘तिमि सधैं आफूले चाहेको कुरा प्राप्त गर्न सक्दैनौ।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved