अमेरिकी वार्षिक उपभोक्ता मुद्रास्फीति सन् २०२१ पछिको सबैभन्दा न्यून बिन्दुमा

नेपालभ्युज

अमेरिकी वार्षिक उपभोक्ता मुद्रास्फीति सन् २०२१ पछिको सबैभन्दा न्यून बिन्दुमा

वासिङ्टन । संयुक्त राज्य अमेरिकाको वार्षिक उपभोक्ता मुद्रास्फीति जुनमा सन् २०२१ पछिको सबैभन्दा कम दरमा झरेको श्रम मन्त्रालयले बुधबार जनाएको छ ।

प्रमुख मुद्रास्फीति मापक, उपभोक्ता मूल्य सूचकाङ्क (सीपीआई) गत महिना अघिल्लो वर्षको तुलनामा ३.० प्रतिशत बढेको छ । यो मे महिनाको ४.० प्रतिशतभन्दा कम हो र विश्लेषकहरूले अनुमान गरेभन्दा पनि केही कम छ ।

अमेरिकी केन्द्रीय बैंकले मागलाई कम गरी मूल्य वृद्धिलाई कम गर्न गत बर्षमा ब्याज दरहरूमा व्यापक वृद्धि गरेको थियो ।

फेडरल रिजर्भका अधिकारीहरूले मुद्रास्फीतिलाई आफ्नो दुई प्रतिशतको लक्ष्यमा फर्काउन थप दर वृद्धि आवश्यक रहेको सङ्केत गरेका छन् । यासूचकाङ्कले लाइनमा आवश्यक अतिरिक्त वृद्धिको सङ्ख्याको बारेमा बजारमा शङ्का उब्जाएको छ।

जूनको उपभोक्ता मुद्रास्फीतिको आँकडाले दुई वर्षभन्दा बढी समयको सबैभन्दा कम वार्षिक दरलाई सङ्केत गर्दछ । अर्को सकारात्मक सङ्केतमा अस्थिर खाद्य र ऊर्जा घटकहरू बाहेक मासिक ‘आन्तरिक’ दर २०२१ पछि यसको सबैभन्दा कम देखिएको हो ।

समग्र मासिक वृद्धिमा आश्रयको सूचकाङ्क ‘सबैभन्दा ठूलो योगदानकर्ता’ रहेको छ र मोटर वाहन बीमाको सूचकाङ्कले पनि योगदान पु¥याएको छ । अन्य क्षेत्रहरूमा उड्ययन भाडा र प्रयोग गरिएका सवारी साधनहरूसहित गिरावट आएको श्रम मन्त्रालयले एक विज्ञप्तिमार्फत् जनाएको छ । एएफपी


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved