ललिता निवास प्रकरण : पूर्वउपसचिव र भूमि व्यवस्था विभागका पूर्वमहानिर्देशक पक्राउ

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले मंगलबार साँझ काठमाडौंबाट उनिहरुलाई पक्राउ गरेको हो ।

नेपालभ्युज

ललिता निवास प्रकरण : पूर्वउपसचिव र भूमि व्यवस्था विभागका पूर्वमहानिर्देशक पक्राउ

काठमाडौँ । ललिता निवास जग्गा प्रकरणमा तत्कालीन उपसचिव बालकृष्ण श्रेष्ठ र भूमिसुधार तथा व्यवस्था विभागका पूर्वमहानिर्देशक रुद्रप्रसाद श्रेष्ठ पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले मंगलबार साँझ काठमाडौंबाट उनिहरुलाई पक्राउ गरेको हो ।

भौतिक योजना तथा निर्माण मन्त्रालयका तत्कालीन सिनियर डिभिजन इन्जिनियर बालकृष्ण श्रेष्ठले प्रधानमन्त्री निवास विस्तारका नाममा अघि सारिएको प्रस्तावमा किर्ते कागजात तयार पारी नक्कली मोहीलाई जग्गा सट्टा भर्ना दिने सम्बन्धी फाइलमा हस्ताक्षर गरेको सीआईबीको अनुसन्धानमा खुलेको छ । जग्गा सट्टा भर्ना सम्बन्धी प्रस्तावमा करिब २५ रोपनीको आधा नक्कली मोहीलाई दिने निर्णय भएको थियो ।

प्रहरी अनुसन्धानका अनुसार भूमि विभागमा शाखा अधिकृत छँदा रुद्रप्रसाद श्रेष्ठले २०४९ सालमा सरकारी जग्गा व्यक्तिका नाममा हुने गरी हालसाविक गर्न टिप्पणी उठाएको खुलेको छ । सो टिप्पणीकै आधारमा तत्कालीन भोगाधिकारी सुवर्ण शमशेर राणाका परिवारले २०४९ सालमा ११२ रोपनी ४ आना जग्गा हडपेका थिए । यसमा कर्मचारी, भूमाफिया र ब्यापारीको संलग्नता खुलेको थियो ।

यो विषयमा सीआईबीले असार १२ बाट अनुसन्धान गरिरहेकोमा हालसम्म श्रेष्ठसहित १५ जना पक्राउ परिसकेका छन् । यो प्रकरणमा भूमाफिया र कर्मचारीले मात्रै २२ रोपनी जग्गा राणा परिवारबाट घूस लिएका थिए ।

श्रेष्ठहरुसहित मंगलबार एकै दिन चार जना पक्राउ परेका छन् । यो सँगै ललिता निवास प्रकरणमा पक्राउ पर्नेको संख्या १६ पुगेको छ । यसअघि सूचना तथा प्रविधि मन्त्रालयका बहालवाला सचि कृष्णबहादुर सचिव राउत, समरजंग कम्पनीका तत्कालीन प्रमुख लोकहरि घिमिरे र नापी अधिकृत ध्रुवप्रसाद अर्याल, भाटभटेनी सुपर मार्केटका सञ्चालक मीनबहादुर गुरुङ, निर्वाचन आयोगका पूर्वआयुक्त सुधीकुमार शाह, गोपाल कार्की र धर्मप्रसाद गौतम, काठमाडौं महानगरपालिकाका अधिकृत शिवजी भट्टराई, घमनकुमार कार्की, बाबुराजा महर्जन, समरजंग कम्पनीका तत्कालीन प्रमुख तथा नासु रमेशकुमार पोखरेल, मोही देवनारायण महर्जन पक्राउ परिसकेका छन् ।

ललिता निवासको जग्गा व्यक्तिको नाममा ल्याउनेदेखि गुठीमासमेत ल्याएर हत्याउने खेल चार ‘चरण’मा पूरा गरेको सीआईबीको निष्कर्ष छ। सीआईबीको अनुसन्धान रिपोर्टअनुसार २० वर्षको अवधिमा ४ चरणमा उक्त जग्गा हत्याइएको छ।

यो पनि 

ललिता निवास प्रकरणमा मालपोतका थप दुई पूर्वकर्मचारी पक्राउ


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved