साइकल यात्रीलाई मुक्का हानेर ढालियो, घिसार्दै सडक किनारामा फालियो (भिडिओ)

साइकल यात्रीको मुखमा मुक्का हान्छन्। उनी साइकलसहित ढल्छन्। आयुसले ढलेका पवनको दुवै खुट्टा समातेर घिसार्दै सडक छेउ लैजान्छन्। उनीहरूले घोप्टो परेका आयुशलाई घिसार्दै सडक छेउ लगेर फाल्छन्। यो हर्कतले क्रूरताको पराकाष्ठा नाघेको प्रस्ट देखिन्छ।

नेपालभ्युज

साइकल यात्रीलाई मुक्का हानेर ढालियो, घिसार्दै सडक किनारामा फालियो (भिडिओ)

काठमाडौं। विराटनगर–४ स्थित दूधफार्म अगाडि एक साइकल यात्रुलाई मुक्का हानेर लडाएको भिडिओ सञ्जालमा भाइरल छ।

साइकल यात्रु विराटनगर–६ बस्ने पवन साहलाई विराटनगर–४ ढाटका कृष्ण भेटुवालका छोरा आयुष भेटवालले मुक्का हानेका हुन्।

मुक्का हानेपछि बेहोस भएर ढलेका पवनलाई घटनास्थलबाट प्रहरी र स्थानीयको सहयोगमा उपचारको लागि कोसी अस्पताल पुर्‍याएको थियो।

घटना १९ असारको भए पनि अहिले भाइरल छ। साह राति ८ बजेको कामबाट फर्किएर डेरातर्फ जाँदै थिए।

भाइरल भिडिओमा आयुष भेटुवाल र उनका २ जना साथीले पवनलाई मार्ने प्रयास गरेका थिए। भिडिओमा साइकल यात्री आफ्नो बाटोमा हिँड्दैछन्, निलो टिसर्ट र हाफपाइन्ट लगाएका आयुश भेटवाल कुद्दै गएका देखिन्छन्।

साइकल यात्रीको मुखमा मुक्का हान्छन्। उनी साइकलसहित ढल्छन्। पवन ढलेपछि मुक्का हान्ने आयुषका साथी आउँछन्। उनले साइकल उठाएर सडक छेउमा लैजान्छन्।

आयुषले ढलेका पवनको दुवै खुट्टा समातेर घिसार्दै सडक छेउ लैजान्छन्। उनीहरूले घोप्टो परेका आयुषलाई घिसार्दै सडक छेउ लगेर फाल्छन्। गाडीमा रहेका आयुषका साथीहरूले घाइते पवनलाई बचाउनभन्दा पनि सडक किनारामा लगेर फाल्न सहयोग गरेको भिडिओमा देखिन्छ। यो हर्कतले क्रूरताको पराकाष्ठा नाघेको प्रस्ट देखिन्छ।

घटना भएको १० घण्टामा प्रहरीले आयुषलाई घरैबाट नियन्त्रणमा लियो। जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख दीपक पोखरेलका अनुसार भेटवाललाई म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको छ।

मुलुकी अपराध संहिताको दफा १ सय ८३ ले ‘कसैले कसैको ज्यान मार्ने मनसायले काम गर्नु हुँदैन।’ आयुष र उनका साथीहरूले पवनको ज्यान लिने उद्देश्यले आक्रमण गरेको ठहर भएमा पाँच वर्ष जेल सजाय हुनेछ।

कुटिएर घाइते भएका पवन भन्छन् –

‘‘राति साढे आठ बजे साइकलमा आइरहेको थिएँ। म सडकमा रङ साइडबाट आएको थिए। गाडी रोकिरहेको रहेछ थाहा भएन। अघि बढ्दै थिए। दायाँबाट एक जना मेरो साइकलपछिबाट बाटो काट्न लागेको जस्तो लागेको थियो। मेरो मुखमा उसको मुक्का आयो। ब्वाङ्ग लाग्यो। म ढले। बेहोस भएछु। पछि होस् खुल्दा सडकको किनारामा थिएँ। नाक र मुखबाट भलभली रगत आइरहेको रहेछ। पछि मलाई अरूले अस्पताल लगे। उनीहरूले उपचारमा जति खर्च लाग्छ दिन्छु, केही पैसा पनि दिन्छु तर, प्रहरीबाट उजुरी फिर्ता लेउ भनेको थियो। तर मैले मानिन। कानुनी कारबाही हुनुपर्ने अडान राखेको छु।’’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved