यती एयरलाइन्सको टिकट खरिदमा प्रोमो कोड

नेपालभ्युज

यती एयरलाइन्सको टिकट खरिदमा प्रोमो कोड

काठमाडौं। यती एयरलाइन्सको टिकट खरिदमा प्रोमो कोडमार्फत रु ५०० सम्म छुट प्राप्त गर्न सकिने भएको छ ।

‘आईएमई पे’ मार्फत यती एयरलाइन्सको वेबसाइट तथा एपबाट टिकट काटी भुक्तानी गर्दा सेवाग्राहीले रु ५०० सम्म छुट प्राप्त गर्न सक्नेछन् ।

सो छुट प्राप्त गर्न सेवाग्राहीले यती एयरलाइन्सको वेबसाइट अथवा एप मार्फत टिकट बुक गर्ने क्रममा प्रोमो कोड “MONSOONYT51” प्रयोग गरी आईएमई पे मार्फत भुक्तानी गर्नुपर्नेछ ।

मनसुनलाई लक्षित गर्दै प्रदान गरिएको सो छुट यही असार ३१, २०८० सम्म रहने छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved