उद्धारका लागि आफ्नै प्रहरी तयार पार्दै धनगढी

नेपालभ्युज

उद्धारका लागि आफ्नै प्रहरी तयार पार्दै धनगढी

धनगढी। बाढी तथा डुबानबाट हुने जोखिमलाई न्यूनीकरण गर्ने धनगढी उप महानगरपालिकाले नगर प्रहरीलाई उद्धारका लागि तालिम दिन सुरु गरेको छ । वर्षातमा जलमग्न हुने धनगढी उपमहानगरले आफ्ना नागरिकहरूको उद्धारका लागि नगर प्रहरीहरूलाई तयार पारिरहेको हो । उप-महानगरले प्रहरीहरूलाई वाटर रेस्क्युसम्बन्धी प्रशिक्षण दिइरहेको छ ।

सधैंको वर्षातमा डुबान र कटानको समस्या भोग्दै आएको धनगढी उप महानगरपालिकाले उद्धार र खोजतलासका लागि आफ्ना प्रहरीहरूलाई प्रशिक्षण दिइरहेको छ । उप महानगरले आफ्ना प्रहरीहरूलाई बाढी तथा डुबानमा उद्धारका लागि तालिम दिइरहेको हो । उप महानगरले कैलालीको गोदावरी नगरपालिका – २ अत्तरियामा रहेको लामितालमा नगर प्रहरीहरूलाई वाटर रेस्क्यु प्रशिक्षण दिइरहेको हो ।

उपमहानगरपालिकाले जल उत्पन्न प्राकृतिक प्रकोपको जोखिममा परेकालाई उद्धार गर्न नगरप्रहरीलाई परिचालन गर्न रेस्क्यु प्रशिक्षण दिएको जनाएको छ। उपमहानगरपालिकाको विपद् व्यवस्थापन शाखाका प्रमुख दीपक भण्डारीले नगरप्रहरीलाई पहिलोपटक वाटर रेस्क्यु प्रशिक्षण दिन लागिएको बताए ।

धनगढी उपमहानरपालिकालाई यूएडीपीको सुपर परियोजनाले ३६ लाख ९७ हजार रुपैयाँ बराबरका उद्धार सामग्री उपलब्ध गराएको थियो । जसमा लाइव ज्याकेट, स्टेचर, मेगा फोन, गम बुट, सेफ्टी बेल्ट, चेन कटर, सिडी लगायतका सामग्री रहेका छन् ।

धनगढी उपमहानगरपालिकाका नगर प्रहरी नायब निरीक्षक कृष्ण मल्लले विपत व्यवस्थापन तालिमले बाढी र डुबानमा उद्धार गर्न सहज हुने बताए । उनल तालिममा सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गण कैलाली प्रशिक्षण दिइरहेको जानकारी दिए । तालिममा उद्धार गर्ने तरिका, स्थानीय श्रोत साधनको प्रयोग गर्ने तरीका, (याफ्ट बोर्ड प्रयोग गर्ने विधि) लगायतबारे जानकारी दिइएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved