जेल जीवनपछि पल शाहको पहिलो अन्तरवार्ता: ५–७ वटा चेनगेट पार गर्नुपर्दा लाइफ सकियो भन्ने लाग्यो

नेपालभ्युज

जेल जीवनपछि पल शाहको पहिलो अन्तरवार्ता: ५–७ वटा चेनगेट पार गर्नुपर्दा लाइफ सकियो भन्ने लाग्यो

काठमाडौं। नाबालिग बलात्कार मुद्दामा सफाइ पाएका अभिनेता पल शाहले जेलबाट निस्केयता पहिलो अन्तरवार्ता दिएका छन्। जेलमा ५–७ वटा चेन गेट पार गरेर जाँदा जिन्दगी सकियो भन्ने लागेको बताएका छन्।

सन्दीप क्षेत्रीको टेलिभिजन शो ‘ह्वाट द फ्लप’ मा उनले आफ्नो जेल जीवनका अनुभवहरू सुनाएका छन्। पलले जेलमा हुन्छु भन्ने बित्तिकै पहाड खसेजस्तो अनुभव भएको बताएका छन्। जेल बसाइ कष्टकर भएको पनि बताए।

उनले भनेका छन्, ‘‘जेलको शौचालयको गन्धले तीन दिनसम्म मलाई रिँगटा चलिरहेको थियो। कहाँ लड्छु जस्तो भएको थियो, त्यहाँको गन्धले। यति ‘ब्याड स्मेल’ आउँदो रहेछ। ट्वाइलेटको ढोका थिएन, पर्दाजस्तो मात्रै थियो त्यो पनि ५ वर्षदेखि नधोएको। गन्धले म त पागलजस्तो भएँ। त्यो पनि ‘पल दाइ आउँछ’ भन्ने थाहा भएर सफा गरेको रे।’’

पलले जेलमा ५–७ वटा चेन गेट पार गरेर जाँदा जिन्दगी सकियो भन्ने लागेको पनि बताएका छन्। ‘‘जेलमा ५–७ वटा चेन गेट पार गर्नुपर्ने हुँदो रहेछ। त्यसले नै सबैभन्दा पहिले मोरल डाउन हुने। लास्टमा ठुलो पर्खाल थियो १५\२० फिटको। त्योभित्र बिल्डिङ। ठुलो पर्खालभित्र पस्ने बेला मलाई अब लाइफ सकियो भनेजस्तो भएको थियो। अलिअलि बचेको आत्मविश्वास पनि आफू सुत्ने बेड देखाएपछि माइनसमा पुग्यो’’ उनले भने।

उनले जेलमा बस्दा सबैभन्दा बढी दर्शकलाई मिस गरेको पनि बताएका छन्। फिल्म रिलिजको समयमा दर्शकसँग हतकडीसहित फिल्म हेर्न पाए नि हुन्थ्यो भन्ने लागेको उनको भनाइ छ। उनले आफ्नो जेल बसाइ विश्वविद्यालयजस्तो भएको पनि बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved