साउने सोमबारको व्रत आजदेखि, पशुपतिमा दर्शनार्थीको घुइँचो (तस्वीरहरू)

साउने सोमबारको व्रत आजदेखि, पशुपतिमा दर्शनार्थीको घुइँचो (तस्वीरहरू)

काठमाडौं। यो वर्ष साउने सोमबारको व्रत असारदेखि नै सुरु भएको छ । चन्द्रमास पात्रोअनुसार यसपालि पहिलो साउने सोमबारको व्रत आजदेखि सुरु भएको हो ।

चन्द्रमास पात्रोअनुसार गुरुपूर्णिमादेखि जनैपूर्णिमासम्मको एकमहिनाभित्रका सबै सोमबार व्रत बस्ने चलन छ । यस वर्ष साउनमा अधिकमास रहेकोकाले एक महिनाभरि कुनै पनि धार्मिक कार्य नहुने शास्त्रमा उल्लेख छ ।

गुरुपूर्णिमापछिको दुईवटा सोमबारपछि अधिकमास सुरु हुने नेपाल पञ्चाङ्ग निर्णायक समितिले स्वीकृति दिएको पात्रोमा उल्लेख गरिएको छ।

के हो अधिकमास ?

चन्द्रमास पात्रो अनुसार चन्द्रमाले पृथ्वीको परिक्रमा गर्न ३५४ दिन लगाउने गर्दछ। यसरी दिन गणना गर्दा ३५४ दिनमा चन्द्रमासको एक वर्ष पूरा हुने गर्दछ।

दिन गणनाअनुसार सौरमासभन्दा चन्द्रमासको वर्षमा करिब ११ दिन बढी हुने गर्दछ । यसरी गणना गर्दा ३२ महिना, १६ दिन, १ घण्टा र ३६ मिनेट पुगेपछि अधिकमास आउँछ । यसक्रमले हरेक वर्षमा ११ दिनको फरकलाई जोड्दै जाँदा तीन वर्षमा एक महिना सौरमासभन्दा चन्द्रमासमा महिना बढी हुन पुग्छ।

आजदेखि साउने सोमबारको व्रत सुरु हुने भएपछि पशुपतिनाथमा श्रद्वालुको घुइँचो बढेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved