शेखर कोइराला भन्छन्: काेशीमा सभामुखको नाम देखाएर मुख्यमन्त्री माग्न मिल्दैन

नेपालभ्युज

शेखर कोइराला भन्छन्: काेशीमा सभामुखको नाम देखाएर मुख्यमन्त्री माग्न मिल्दैन
फाइल तस्वीर

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कोशी प्रदेश सरकार गठनमा सभामुखको मत गन्न नमिल्ने बताएका छन् ।

सत्तागठबन्धनले सभामुखको समेत मत देखाएर मुख्यमन्त्री दाबी गरिरहेका बेला नेता कोइरालाले यस्तो बताएका हुन् ।

सामाजिक सञ्जाल फेसबुकमा लेख्दै नेता कोइरालाले सभामुखको नामै तोकेर मुख्यमन्त्रीका लागि बहुमतको दाबी गर्नु लोकतन्त्रको मर्यादा, अभ्यास र कानूनी शासनको विपरीत हुने बताएका छन् ।

उनले लेखेका छन्–

प्रदेश संसद्को सभामुख संलग्न भएको दलको समर्थनमा सरकार निर्माण हुने प्रक्रियामा सो दलले आफ्नो सदस्य संख्यामा सभामुखलाई समेत गणना गरी पठाउने कुराको संवैधानिक व्याख्या छैन। तर सभामुख आफैले हस्ताक्षर गरेर सरकार गठनमा समर्थन रहेको कुरा लिखित रुपमा पेस गरेको अव स्था हो भने यस्तो कार्य संवैधानिक सर्वोच्चता र लोकतान्त्रिक संसदीय पद्दतिको सिद्धान्त बिपरित हुन जान्छ। सभामुखको संवैधानिक भूमिका भनेको व्यवस्थापिका संसदको कार्य संचालन गर्नु र अध्यक्षता गर्नु हो । यदि संसदमा पेस भएका बिषयमा मतदान भएको अवस्थामा मत बराबर भएमा निर्णायक मत जाहेर गर्ने बाहेक कार्यपालिका गठन, विघटन र समर्थनमा सक्रिय रही हस्ताक्षर गर्नु संसदीय लोकतन्त्रको मर्यादा, अभ्यास र कानूनी शासनको विपरीत हुन जान्छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved