लगनखेलको चौकी हटाउने महानगरको निर्णयविरुद्ध प्रदर्शन (तस्वीरहरू)

प्रदर्शनको क्रममा सहभागीहरूले ‘भूमाफिया मुर्दावाद’,’व्यापारिक कम्प्लेक्स चाहिँदैन’, ‘प्रहरीचौकी हटाउन पाइँदैन’, ‘सार्वजनिक जग्गा खाली गर’, ‘महानगरको निर्णय फिर्ता गर’ जस्ता नारा लगाएका थिए।

लगनखेलको चौकी हटाउने महानगरको निर्णयविरुद्ध प्रदर्शन (तस्वीरहरू)

काठमाडौं। ललितपुर महानगरपालिका र वडा नम्बर १२ ले केही दिनअघि लगनखेल बसपार्कमा रहेको प्रहरी चौकी लगायतका संरचना हटाएर व्यापारिक कम्प्लेक्स बनाउन गरेको निर्णयविरुद्ध आज स्थानीयले प्रदर्शन गरेका छन्।

२१ वटा स्थानीय टोलसुधार लगायतका संघसंस्थाहरूले आज लगनखेल बसपार्कमा जुलुससहित जम्मा भई महानगरको पुल्चोकस्थित कार्यालयअघि भेला भएर नाराबाजी गरेका हुन्।

प्रदर्शनको क्रममा सहभागीहरूले ‘भूमाफिया मुर्दावाद’,’व्यापारिक कम्प्लेक्स चाहिँदैन’, ‘प्रहरीचौकी हटाउन पाइँदैन’, ‘सार्वजनिक जग्गा खाली गर’, ‘महानगरको निर्णय फिर्ता गर’ जस्ता नारा लगाएका थिए।

४०० को हाराहारीमा रहेका प्रदर्शनकारीहरूले करिब १ घण्टा महानगरअघि प्रदर्शन गरेका हुन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved