माधव नेपालले भेटे श्रीलंकाका राष्ट्रपति र प्रधानमन्त्री

नेपालभ्युज

माधव नेपालले भेटे श्रीलंकाका राष्ट्रपति र प्रधानमन्त्री

काठमाडौं ।  श्रीलंका भ्रमणमा रहेका नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले  त्यहाँका राष्ट्रपति र प्रधानमन्त्रीसँग भेट गरेका छन् । बुधबार  श्रीलंकाको राष्ट्रपति निवासमा  राष्ट्रपति रणिल विक्रमसिंघेसँग ४५ मिनेट भएको  शिष्टाचार भेटवार्तामा दुई देशबारे छलफल भएको बताइएको छ ।

यस्तै, अध्यक्ष नेपालले श्रीलंकाका प्रधानमन्त्री दिनेश गुणवर्द्धनेसँग पनि बुधबार साँझ भेटवार्ता गरेका  छन् । प्रधानमन्त्री निवासमा करिब १ घण्टा पाँच मिनेट लामो भएको शिष्टाचार भेटमा दुई देशको भाइचारा सम्बन्ध, एसियाका मुलुकहरुमा विकसित घटनाक्रमबारे वार्ता भएको अध्यक्ष नेपालको सचिवालयले जनाएको छ ।

शिष्टाचार भेटमा नेपाल र श्रीलंकाबीच पुरानो मित्रता रहेको बताउँदै दुवै देशले एकअर्कालाई आवश्यक सहयोग गर्न सकिने विषयमा पनि छलफल भएको बताइएको छ । अध्यक्ष नेपाल श्रीलंकन कम्युनिष्ट पार्टीको ८० औँ स्थापना दिवसको कार्यक्रममा सहभागी हुन तथा दक्षिण एसियाका कम्युनिष्ट पार्टीहरुको बैठकमा सहभागी हुन सोमबार श्रीलंका प्रस्थान गरेका हुन् ।

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved