आईसीसी एकदिवसीय वरीयता : सन्दीप र करणको सुधार, रोहित र आसिफको खस्कियो

नेपालभ्युज

आईसीसी एकदिवसीय वरीयता : सन्दीप र करणको सुधार, रोहित र आसिफको खस्कियो

काठमाडौं। राष्ट्रिय क्रिकेट टोलीका लेगस्पिनर सन्दीप लामिछानको एकदिवसीय अन्तर्राष्ट्रियको बलिङ वरीयतामा सुधार आएको छ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीले बुधबार सार्वजनिक गरेको वरियतामा सन्दीपको १ स्थान सुधार भएको हो। यससँगै सन्दीप २४औं स्थानमा उक्लिएका छन्।
यस्तै, ८७औँ स्थानमा भएका करण केसी भने ८५औं स्थानमा उक्लिएका छन्।

बलिङतर्फ ७६औँ स्थानमा भएका सोमपाल कामी ७८औँ स्थानमा झरेका छन्। ५७औँ स्थानमा भएका दीपेन्द्र सिंह ऐरी भने ६२औँ स्थानमा पुगेका छन्।

ब्याटिङमा भने नेपाली कप्तान रोहित कुमार पौडेल ७२ औं स्थानबाट ७३औँ स्थानमा झरेका छन्। ७३औँ स्थानमा रहेका ओेपनर आसिफ शेख भने ७७औँ स्थानमा पुगेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved