मानसिक स्वास्थ्य राम्रो बनाउने केही टिप्स

नेपालभ्युज

मानसिक स्वास्थ्य राम्रो बनाउने केही टिप्स

एजेन्सी । शरीरलाई स्वस्थ राख्न मानसिक स्वास्थ्यमा पनि विशेष ध्यान दिनुपर्ने हुन्छ । मानसिक स्वास्थ्यलाई कसरी राम्रो बनाउन सकिन्छ भनेर केही टिप्स दिँदैछौं ।

निद्रा पूरा नहुँदा स्वास्थ्य सम्बन्धी कयौं समस्या हुन सक्छन् जो शारीरिक तथा मानसिक दुवै खाले हुन्छन् । यस्तो समस्याबाट बच्न सकेसम्म ७ देखि ८ घन्टाको निद्रा अवश्य लिनुहोस् ।

त्यस्तै नियमित रुपमा कसरत गर्दा पनि शरीरमा हर्मोनहरु सन्तुलित भइरहन्छन् । साथै रक्तसञ्चार पनि सही तरिकाले हुन्छ । यसले मानसिक स्वास्थ्यलाई राम्रो बनाउन सहयोग गर्छ ।

मानसिक स्वास्थ्यलाई राम्रो बनाउन संगीतको पनि सहारा लिन सक्नुहुन्छ । यसले तनाव भाग्छ र निद्रा पनि राम्रो आउँछ । यसले शरीरमा ह्याप्पी हर्मोन रिलीज गर्छ, जसले मुडलाई राम्रो बनाउँछ ।

त्यस्तै हर्बल टी पिउनु पनि एउटा राम्रो उपाय हो । यसले शरीरमा ताजगी ल्याउनुका साथै ऊर्जा पनि बनिरहन्छ । यसले तनाव भगाउनुका साथै मानसिक स्वास्थ्यलाई पनि राम्रो बनाउँछ । हर्बल टीमा गुड, अदुवा, तुलसी, क्यामोमाइल आदिको चिया पिउन सक्नुहुन्छ ।

केही समय आफ्ना ग्याजेट्सहरुबाट दुरी बनाउनु पनि फाइदाजनक हुन्छ । मोबाइल, ल्यापटप आदिबाट केही समय ब्रेक लिँदा दिमागले पनि रेस्ट पाउँछ । साथै किताबहरुमा समय दिनुहोस् । यसले तनाव मुक्त बनाउन सहयोग गर्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved