हामीले दूरसञ्चारमा क्रान्ति गर्‍यौं तर टेलिकमको भविष्य राम्रो देखिन्न : महरा

नेपालभ्युज

हामीले दूरसञ्चारमा क्रान्ति गर्‍यौं तर टेलिकमको भविष्य राम्रो देखिन्न : महरा
फाइल फोटो

काठमाडौं ।  नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष कृष्णबहादुर महराले इन्टरनेटको विकास र प्रयोग बढेसँगै टेलिकम कम्पनीहरूको व्यापार कम हुँदै जाने भएकाले नविन प्रविधिको अभ्यासमा विशेष ध्यान दिनुपर्ने बताएका छन् ।

सोमबार यहाँ आयोजित ‘दूरसञ्चार विकास’ विषयक कार्यक्रममा माओवादी केन्द्रका प्रवक्ता एवं पूर्व सञ्चार तथा सूचनाप्रविधिमन्त्री महराले इन्टरनेटको प्रयोग बढेसँगै विध्यमान ‘टेलिकम्युनिकेशन’ क्षेत्र साँघुरिने तर्क गरे ।

उनले भने, ‘हामीले दूरसञ्चारमा क्रान्ति गर्‍यौं । तर अहिलेसम्म आइपुग्दा टेलिकम कम्पनीहरूको भविष्य त्यति राम्रो देखिँदैन । त्यसैले सञ्चारका नयाँ प्रविधिमा प्रविधिलाई अपनाउनुको विकल्प छैन ।’ हरेक वर्ष प्रविधिमा परिवर्तन आउने भएकाले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सोहीअनुसार नयाँ नीति बनाउनुपर्ने उनको सुझाव थियो ।

नेता महराले भने, ‘सञ्चार तथा सूचना प्रविधि मन्त्रालय संवेदनशील छ । बदलिदो प्रविधि र अभ्याससँगै नीतिमा पनि अपग्रेड हुनुपर्छ ।’ उनले सेवालाई सहर केन्द्रित मात्र नगराएर ग्रामीण दूरसञ्चार क्षेत्रमा सेवा विस्तार गर्न सरोकारवालाको ध्यानाकर्षण गराए ।

नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले दूरसञ्चार सेवा शूल्क महँगो हुनु सेवा प्रदायकको बाध्यता भएको बताए । उनले भने,’सेवा शुल्क महँगो छ । प्रत्यक्ष कर मात्रै ३२ प्रतिशत र अप्रत्यक्ष कर जोड्दा ४२ प्रतिशत हुन्छ । अर्कोतर्फ आवश्यक सबै उपकरण विदेशबाट ल्याउनुपर्ने बाध्यता छ ।’

नेपाल दूरसञ्चार कम्पनी लिमिटेडका प्रमुख व्यावसायिक अधिकृत संगीता पहाडीले भनिन, ‘अहिले सरकारको लक्ष्यअनुसार सात सय ३९ वटा स्थानीय तहमा फोर जी सेवा पुगेको छ । बाँकी १४ स्थानीय तहमा भौगोलिक विकटताका पुर्याउन सकिएको छैन । यही वर्षभित्रमा ती क्षेत्रमा पनि फोर जी पुर्‍याउने छौँ ।’

कार्यक्रममा उपस्थित निजी सेवा प्रदायक संस्थाहरूले सरकारसँगको सहकार्यमा डिजिटल नेपालको फ्रेमवर्कका लागि काम गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । रासस


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved