कोशी प्रदेशमा सरकार गठनको लागि दाबी पेश गर्न ५ दिनको समय

नेपालभ्युज

कोशी प्रदेशमा सरकार गठनको लागि दाबी पेश गर्न ५ दिनको समय

काठमाडौं। कोशी प्रदेशका मुख्यमन्त्री परशुराम खापुङले नयाँ सरकार गठनका लागि दाबी पेश गर्न दलहरुलाई पाँच दिनको  समय दिएका छन् ।

प्रदेश प्रमुख खापुङले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम दुई वा दुईभन्दा बढि दल मिलेर सरकार गठन गर्नको लागि राजनीतिक दललाई दाबी पेश गर्न आह्वान गरेका हुन् ।

मुख्यमन्त्री हिक्मतकुमार कार्कीको सरकार ढलेपछि नयाँ सरकार गठनको प्रक्रिया अघि बढेको हो । तर अहिलेको अवस्थामा कोशीमा कुनै पनि दलले सरकार बनाउन सक्ने अवस्था छैन ।

दुवै पक्षसँग ४६-४६ सांसद छन् । यहाँ सरकार बनाउन ४७ सांसद चाहिन्छ । सभामुख समेत गणना गर्दा गठबन्धन दलको बहुमत पुग्छ । तर, एमालेले सभामुखलाई गणना गर्न नहुने बताइरहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved