‘सरकारले सुरक्षा नदिए बैंक तथा वित्तीय संस्थाका सबै सेवा बन्द गर्छौं’

नेपालभ्युज

‘सरकारले सुरक्षा नदिए बैंक तथा वित्तीय संस्थाका सबै सेवा बन्द गर्छौं’

काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफन) ले आक्रमण र दुर्व्यवहारका घटना नरोकिएमा सेवा प्रवाह नै बन्द हुन सक्ने चेतावनी दिएको छ ।

परिसंघले एक विज्ञप्ति जारी गर्दै कार्यालयका शाखा तथा कर्मचारीमाथि विभिन्न व्यक्ति, संस्था तथा समूहबाट निरन्तर रुपमा भौतिक आक्रमण एवम् गैरकानूनी गतिविधि भइरहेको भन्दै यस्तो  चेतावनी दिएको हो ।

अहिले विभिन्न व्यक्ति, समूह वा संघ संस्थाको आवरणमा बैंक तथा वित्तीय संस्थाको विश्वसनीयता वा सम्पत्तिमा हानि नोक्सानी पुर्‍याउने, कर्जाको साँवा ब्याज नतिर्न दुरुत्साहन गर्ने र कर्मचारीहरुलाई भौतिक आक्रमण तथा मानमर्दन लगायतका क्रियाकलाप हुँदा सेवा प्रवाहमा समस्या भइरहेको परिसंघद्वारा जारी विज्ञप्तीमा जनाइएको छ ।

परिसंघले बैंक तथा वित्तीय संस्थाका सबै कर्मचारीहरुको प्रभावकारी सुरक्षा प्रबन्ध मिलाउन प्रधानमन्त्री, गृहमन्त्री, गृह सचिव, प्रहरी महानिरीक्षक, ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलगायत सबैसँग आग्रह गरेको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved