कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिँदै, एक सिट नपुग्दा दुवै पक्ष तनावमा

कोशी प्रदेशमा एक सिट नपुग्दा सरकार र प्रतिपक्ष अफ्ठेरोमा छन् । अहिलेको सरकार जोगाउन र नयाँ सरकार बनाउन दुवै पक्षलाई एक सिटको जरुरी छ ।

नेपालभ्युज

कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिँदै, एक सिट नपुग्दा दुवै पक्ष तनावमा

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज विहीबार विश्वासको मत लिँदैछन् ।

नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि अल्पमनमा परेका मुख्यमन्त्री कार्कीले आज विहीबार विश्वासको मत लिन लागेका हुन् । विश्वासको मत लिने प्रयोजनको लागि दिउँसो १ बजे प्रदेशसभाको बैठक आव्हान भएको छ ।

कोशी प्रदेशमा एक सिट नपुग्दा सरकार र प्रतिपक्ष अफ्ठेरोमा छन् । अहिलेको सरकार जोगाउन र नयाँ सरकार बनाउन दुवै पक्षलाई एक सिटको जरुरी छ ।

बहुमतको लागि ५७ जना सांसद आवश्यक रहेकोमा मुख्यमन्त्री कार्कीको पक्षमा एमाले राप्रपाका ४६ जना सांसद छन् । एक सिट रहेको जसपालाई फकाउन एमालेले निकै दौडधुप गरिरहेको छ ।

जनता समाजवादी पार्टी नेपालले विश्वासको मत दिएमा कोशी सरकार यथावत् रहनेछ ।  यस्तै विपक्षी दलसँग पनि सभामुखबाहेक जम्मा ४६ सिट रहेको छ

कोशी प्रदेश सभामा एमालेको ४०, नेपाली काँग्रेसको २९, नेकपा माओवादीको (सभामुख सहित) १३, राष्ट्रिय प्रजातन्त्र पार्टीको ६, नेकपा एकीकृत समाजवादीको ४ र जसपाको १ जना सांसद रहेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved