लुम्बिनी प्रदेशसभामा एमालेको विरोध, बैठक स्थगित

नेपालभ्युज

लुम्बिनी प्रदेशसभामा एमालेको विरोध, बैठक स्थगित

दाङ। प्रतिपक्षी नेकपा एमालेको विरोधपछि  लुम्बिनी प्रदेश सभा बैठक स्थगित गरिएको छ ।

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले बजेटमा प्रदेशका क्रमागत योजनाहरू कटौती गरिएको र निर्देशनालयहरू खारेज गर्ने कुराको विरोध जनाएपछि संसद आधा घण्टाका लागि स्थगित भएको हो।

प्रदेशका सभामुख तुलाराम घर्तीले सरकारसँग आवश्यक छलफल र परामर्शका लागि बैठक स्थगित भएको जानकारी दिए।

नेकपा एमालेका प्रमुख सचेतक तुलसीप्रसाद चौधरीले सरकारले बजेट व्यतव्यमार्फत प्रदेशका निर्देशनालय खारेज गर्ने कुराको संशोधन गर्नुपर्ने र कटौती गरिएका विगतका क्रमागत योजनाहरू बजेटमा समावेश गर्नुपर्ने भन्दै विरोध जनाएका हुन्

‘विगतका क्रमागत योनजाहरू कटौती नगर्ने र सम्पूर्ण निर्वाचन क्षेत्रहरूमा कम्तीमा दुई दुई वटा क्रमागतका याेजनाहरू थप गर्ने कुरा सरकारसँग सहमति गरेका थियाे’ उनले भने, ‘तर बजेटमा त्यो कुरा आएन । सरकारले नीति गत सहमति गरेर नीतिगत बेइमानी गर्ने काम गरेको छ ।’ उनले सरकारले आफूहरूले भनेका कुराहरुको लिखित प्रतिवद्धता नगरेसम्म सदन चल्न नदिने चेतावनी दिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved