अस्पतालबाट डिस्चार्ज भए राष्ट्रपति पौडेल

नेपालभ्युज

अस्पतालबाट डिस्चार्ज भए राष्ट्रपति पौडेल

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेल ११ दिनको उपचारपछि डिस्चार्ज भएका छन्।

असार २ गते उपचारका लागि त्रिवि चिकित्सा शास्त अध्ययन संस्थान अन्तर्गतको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भई उपचार गराइरहेका थिए।

उपचारको क्रममा उनको छातीमा पेस मेकर राखिएको थियो। उनलाई सामान्य खालको हृदयघात भएको परीक्षणका क्रममा पत्ता लागेको थियो ।

उनी आज डिस्जार्च भएर निवास फर्किएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । चिकित्सकका अनुसार हाल उनको स्वास्थ्य अवस्था सामान्य छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved