सेयर बजारमा ठूलो अंकको गिरावट

नेपालभ्युज

सेयर बजारमा ठूलो अंकको गिरावट

काठमाडौं। लगानीकर्ताले नाफा बुकिङ गर्दा बुधबार नेप्से परिसूचकमा घटेको छ । १२ वटा उपसूचक घट्दा बुधबार सेयर बजारमा ३५.३७ अंकको गिरावट आएको हो । बुधबार लगानीकर्ताले नाफा बुक गर्दा बजारमा गिरावट आएको देखिन्छ ।

बुधबार २१५०.९९ विन्दुमा आएर रोकिएको बजारमा २८० धितोपत्रको ८२ हजार ३५९ वटा कारोबारबाट १ करोड ३३ लाख ४२ हजार ९९६ कित्ता सेयर किनबेच भएको छ । परिसूचक घटे पनि कारोबार रकम भने वृद्धि भएर ५ अर्ब ९७ करोड २२ लाख ८६ हजार ४८१ रुपैयाँ पुगेको छ ।

बुधबार सबैभन्दा धेरै ‘अन्य’ समूह, वित्त तथा लघुवित्त उपसूचकका लगानीकर्ताले गुमाए । विगतका दिनमा यी उपसूचकमा लगातार वृद्धि भइरहेको थियो ।

आज घटेको बजारमा पनि हिमालयन लाइफ इन्स्योरेन्स, बीपीडब्लू लघुवित्त वित्तीय संस्था, सिटी होटलको सकारात्मक सर्किट लेबलमा कारोबार भएको छ । त्यस्तै, इङ्वा हाइड्रोपावर, खप्तड लघुवित्त, तारागाउँ रिजेन्सी, मकर जितुमाया सुरी हाइड्रो, ग्लोबल आईएमई लघुवित्तसहितका धितोपत्रको मूल्य धेरैले घटेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved