विवाह मण्डपमै बेहुलीलाई हातपात, पक्राउ परे बेहुला

नेपालभ्युज

विवाह मण्डपमै बेहुलीलाई हातपात, पक्राउ परे बेहुला
सांकेतिक तस्वीर

काठमाडौं  । काठमाडौं महानगरपालिका १ नक्सालस्थित एक पार्टी प्यालेसको मण्डपबाटै बेहुला  पक्राउ परेका छन् ।

५० लाख रुपैयाँ दाइजो नपाएको निहुँमा मण्डपमा रहेकी बेहुलीलाई  हातपात गरेपछि मंगलबार प्रहरीले  बेहुलालाई विवाह मण्डपबाटै पक्राउ गरेको हो  ।

पक्राउ पर्नेमा सुनसरीको दुहवी- ६ स्थायी घर भई हाल काठमाडौं १३ ताहाचल बस्ने ३२ वर्षीय अनुराग रौनियार रहेका छन् ।

बेहुला पक्षले आफूहरूले मागेअनुसारको दाइजो नपाए विवाह रद्द गर्ने भनेपछि दुई पक्षबीच विवाद भएको थियो ।

प्रहरीका अनुसार रौनियार अमेरिकाको ग्रीन कार्ड प्राप्त व्यक्ति  हुन् ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved