सरकार जोगाउने प्रयासमा कोशीका मुख्यमन्त्री काठमाडौंमा

नेपालभ्युज

सरकार जोगाउने प्रयासमा कोशीका मुख्यमन्त्री काठमाडौंमा

विराटनगर । कोशी प्रदेशसभाको तेस्रो अधिवेशन आह्वान गरिएको छ । यही असार १४ गते दिनको १ बजे बस्ने गरी प्रदेश प्रमुख परशुराम खापुङले अधिवेशन आह्वान गरेका हुन् ।

यता, अल्पमतमा परेका मुख्यमन्त्री हिक्मत बहादुर कार्की भने सत्ता संकट टार्ने उपायको खोजी गर्दै संघीय राजधानी काठमाडौं पुगेका छन् ।

काठमाडौंमा रहेका कार्कीले नेकपा एमालेका नेताहरूसँग संवाद गरिरहेका छन् ।  सत्ता सहकार्यमा रहेको जसपाले  १७ जेठमा सरकार छाडेपछि सुरु भएको सत्ता संकट २३ जेठमा माओवादी केन्द्रले पनि सरकार छाडेपछि चुलिएको थियो।

अल्पमतमा परेका कार्कीले प्रदेशसभा अधिवेशन अन्त्य गरेर अध्यादेशबाट बजेट ल्याएका थिए । अब उनीसँग बहुमत सिद्ध गर्ने वा राजीनामा दिने दुई विकल्प बाँकी छन् । ९३ सदस्यीय प्रदेश सभामा बहुमतका लागि ४७ प्रदेशसभा सदस्यको समर्थन जुटाउनुपर्छ । राप्रपाको साथ पाइरहेको एमालेले सत्ता निरन्तरताको लागि थप एक मत जुटाउनुपर्नेछ ।

कोशीमा सरकार जोगाउने रणनीतिअनुसार एमालेले यसअघि मधेसमा जसपाका मुख्यमन्त्री सरोज यादवलाई विश्वासको मत दिएको थियो । कोशीमा जसपाका एक सांसद छन् । तर जसपा अहिले सत्ता गठबन्धनमा रहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved