प्रधानमन्त्रीको सचिवालयप्रति सत्तारुढ दलकै सांसद आक्रोशित, भने- विघटन गरिदिए हुन्छ

नेपालभ्युज

प्रधानमन्त्रीको सचिवालयप्रति सत्तारुढ दलकै सांसद आक्रोशित, भने- विघटन गरिदिए हुन्छ

काठमाडौं । सत्तारुढ नेकपा (एकीकृत समाजवादी)का उपाध्यक्ष एवं सांसद राजेन्द्रप्रसाद पाण्डेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयप्रति आक्रोश पोखेका छन् ।

उनले शुक्रबार संसदमा बोल्दै भने, ‘प्रधानमन्त्री प्रश्नोत्तर कार्यक्रम’का लागि सांसदले गरेको प्रश्नको जवाफसमेत तयार गरिदिन नसक्ने प्रधानमन्त्रीको सचिवालय विघटन गरिदिए हुन्छ ।’

पाण्डेले प्रधानमन्त्री प्रचण्डको सचिवालय अस्तव्यस्त भएको भन्दै प्रधानमन्त्रीले अरु मन्त्रालयसँग आवश्यक समन्वयन पनि गर्न नसकेको आरोप लगाए । ‘प्रधानमन्त्रीको नेतृत्वमा मन्त्रालयहरु चलिरहेका छन् वा छैनन् ?’, उनले प्रश्न गरे ।

उनले बजेट विनियोजन मनलाग्दी ढंगमा भएको पनि बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved