प्रधानमन्त्रीले भने- ७१ हजार मेट्रिक टन मल मौज्दात छ, ढुक्क हुनुस्

नेपालभ्युज

प्रधानमन्त्रीले भने- ७१ हजार मेट्रिक टन मल मौज्दात छ, ढुक्क हुनुस्

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विभिन्न बिक्री डिपोहरुमा ७१ हजार मेट्रिक टन रासायनिक मल मौज्दात रहेकोले यस वर्ष मल अभाव नहुने दाबी गरेका छन् ।

शुक्रबारेको संसदमा सांसद अब्दुल खानको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री दाहालले २०७९ श्रावण महिनादेखि हालसम्म ३ लाख ५१ हजार मेट्रिक टन रासायनिक मल आयात भएको पनि जानकारी दिए ।

उनले त्यसमध्ये ७१ हजार मेट्रिक टन रासायनिक मल विभिन्न डिपोहरुमा मौज्दात रहेको बताए । त्यस्तै यहीं महिनाभित्र भारतको कलकत्ताबाट ४५ हजार मेट्रिक टन डिएपी मल ल्याइने पनि उनको भनाइ छ । उनले विगतमा जस्तो यस वर्ष धान रोप्ने बेला मलको हाहाकार नहुने ठोकुवा गरे ।

प्रधानमन्त्री दाहालले मल वितरण प्रणालीलाई पारदर्शी बनाउन मल आपूर्ति र वितरणमा डिजिटल प्रणाली अपनाइएको पनि बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved