यी ठाउँमा रातभर भीषण वर्षा, बाढीको चेतावनी

नेपालभ्युज

यी ठाउँमा रातभर भीषण वर्षा, बाढीको चेतावनी
फाइल तश्वीर

काठमाडौं । देशका विभिन्न ठाउँमा रातभर भारी वर्षा भएको छ ।

मनसुन फैलँदो क्रममा रहेको र स्थानीय वायुका कारण रातभर धेरै ठाउँमा भारी वर्षा भएको हो । लामो समय खडेरी परेको पश्चिमी तराईमा पनि गएराती भीषण वर्षा भएको छ ।

गएराती झापाको केचना लगायत नेपाल भारत सीमा क्षेत्रमा भीषण वर्षा भएको छ । त्यहाँ ६ घण्टामै १ सय ६३ मिलिमिटर पानी परेको छ  । यस्तै पश्चिमी क्षेत्रमा पनि पानी परेको छ।

रुपन्देहीमा ६९ मिलिमिटर र पाल्पामा ७४ मिलिमिटर वर्षा भएको छ । पाल्पा र रुपन्देहीका केही क्षेत्रमा भारी वर्षा भएकाले तिनाउँ नदीमा बाढीको चेतावनी जारी भएको छ ।

यस्तै सुदूरपश्चिमका कैलाली लगायतका जिल्लामा पनि भारी वर्षा भएकाले नदी तथा खोला किनार र पहिरो जान सक्ने ठाउँमा चनाखो रहन बाढी सूचना केन्द्रले आग्रह गरेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved