नागरिकता विधेयक कार्यान्वयनको बाटोमा, अदालतले दिएन अन्तरिम आदेश

नेपालभ्युज

नागरिकता विधेयक कार्यान्वयनको बाटोमा, अदालतले दिएन अन्तरिम आदेश

काठमाडौं । बिहीबार सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेसँगै नागरिकता विधेयक कार्यान्वयनमा जाने भएको छ ।

सर्वोच्चका न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र कुमार रेग्मीको संयुक्त इजलासले नागरिकता विधेयकविरुद्ध अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।

राष्ट्रपति रामचन्द्र पौडेलले जेठ १७ गते प्रमाणीकरण गरेको उक्त विधेयकविरुद्ध वरिष्ठ अधिवक्ताद्वय सुरेन्द्र भण्डारी र बालकृष्ण न्यौपानेले सर्वोच्चमा रिट दर्ता गरेका थिए ।

नागरिकता विधेयक संविधानको भावना र मर्म विपरीत भएको भन्दै रिट दायर भएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved