सुनचाँदीको मूल्यमा गिरावट, कतिमा हुँदैछ कारोबार ?

नेपालभ्युज

सुनचाँदीको मूल्यमा गिरावट, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं। लगातार दोस्रो दिन बुधबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार हिजो मंगलबार पनि सुनचाँदीको मूल्य घटेको थियो ।

महासंघका अनुसार आज सुनको मूल्य तोलामा ८०० रुपैयाँले घटेको छ । यससँगै, आज छापावाल सुनको मूल्य तोलामा १ लाख ११ हजार रुपैयाँ र तेजाबी सुनको मूल्य १ लाख १० हजार ४५० रुपैयाँ कायम छ ।

यस्तै, आज चाँदीको मूल्य प्रतितोला ४५ रुपैयाँले घटेको थियो । हिजो १४ सय ३० रुपैयाँ कायम रहेको चाँदी आज १३ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved