राष्ट्रपति पौडेलको मुटुको चाल कम भएपछि पेसमेकर राखियो

नेपालभ्युज

राष्ट्रपति पौडेलको मुटुको चाल कम भएपछि पेसमेकर राखियो

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलको मुटुको चाल कम हुँदै गएपछि पेसमेकर राखिएको छ । महाराजगञ्जस्थित मनमोहन कार्डियो थोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा राष्ट्रपति पौडेलको शल्यक्रिया गरी पेसमेकर राखिएको हो ।

सेन्टरका कार्यकारी निर्देशक प्रा.डा. रत्नमणि गजुरेलले मंगलबार दिउँसो विज्ञप्ति जारी गरी राष्ट्रपति पौडेललाई ७२ घन्टा नियमित निगरानीमा राख्दा पनि मुटुको चाल बेला बखतमा कम हुने देखिएपछि पेसमेकर राखिएको जानकारी दिए ।

राष्ट्रपति पौडेललाई गत शनिबार बिहान चक्कर लागेपछि अस्पताल पुर्‍याइएको थियो । मंगलबार बिहान असहज महसुस भएपछि राष्ट्रपति पौडेल शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र पुगेको र मुटुको दाहिनेतर्फ एउटा नशा ७० प्रतिशत बन्द भएपछि एन्जिओप्लास्टी गरेर खुलाइएको थियो ।

वरिष्ठ मुटु रोग विशेषज्ञ डा. हरिहर खनालका अनुसार पेसमेकर एउटा सानो विद्युतीय उपकरण हो । जुन छाती वा पेटमा प्रत्यारोपण गरेर राखिन्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved