एमालेसँग एकीकरण गर्न समाजवादी मोर्चा बनाइयो : सचिव भट्ट

नेपालभ्युज

एमालेसँग एकीकरण गर्न समाजवादी मोर्चा बनाइयो : सचिव भट्ट

सुर्खेत। नेकपा(एमाले)का केन्द्रीय सचिव तथा कर्णाली प्रदेशका इन्चार्ज लेखराज भट्टले आफ्नो दलसँग एकीकरण गर्नका लागि समाजवादी मोर्चा निर्माण गरिएको बताएका छन् ।

सुर्खेतमा मंगलबार पत्रकारसँग सचिव भट्टले नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, एकीकृत समाजवादी र नेत्रविक्रम चन्द ’विप्लव’ नेतृत्वको नेकपा कमजोर हुँदै गएकाले समाजवादी मोर्चा बनाएको बताए ।

‘एमाले मुलधारको कम्युनिष्ट हो । समाजवादी मोर्चा कुनै दिन एमालेमा नै फर्कने छ ।’ उनले भने, ‘कम्युनिस्टहरू एकीकरण हुनका लागि मोर्चा बनाइएको हो । त्यो मोर्चा एमालेमा आउनेछ ।’

एमालेमा रहेका पूर्व माओवादी पेलानमा परेको भन्ने पत्रकारको प्रश्नमा उनले नेकपाको निरन्तरता भएको एमालेमा पूर्व माओवादीको सम्मानजनक उपस्थिति रहेको दाबी गरे ।

‘एमालेमा पूर्व माओवादीलाई अपमान हैन सम्मानजनक व्यवहार गरेको छ ।’ उनले भने,‘एमालेका पूर्व माओवादीहरुलाई अपमान गरेको भए अहिले म कसरी सचिव र कर्णालीको इन्चार्ज हुन्थें ।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved