अवैध ‘वान एक्स बेट’को प्रचार गर्न कलाकारहरूले पाँचदेखि ४० लाखसम्म लिन्थे

अनलाइन बेटिङमार्फत सट्टेबाजीसम्बन्धी प्रचार गर्दा कलाकारहरूले ४० लाखसम्म लिने गरेको पाइएको छ। पक्राउ परेर हिरासतमा रहेका कलाकारहरूको अनुसन्धानबाट सो तथ्य खुलेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।
बिहीबार पक्राउ परेका कलाकारहरू थुनामा छन्।

नेपालभ्युज

अवैध ‘वान एक्स बेट’को प्रचार गर्न कलाकारहरूले पाँचदेखि ४० लाखसम्म लिन्थे

काठमाडौं। अनलाइन बेटिङमार्फत सट्टेबाजीसम्बन्धी प्रचार गर्दा कलाकारहरूले ४० लाखसम्म लिने गरेको पाइएको छ। पक्राउ परेर हिरासतमा रहेका कलाकारहरूको अनुसन्धानबाट सो तथ्य खुलेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।
बिहीबार पक्राउ परेका कलाकारहरू थुनामा छन्।

उनीहरूको बैंक खातालगायतका विवरण हेरेर अनुसन्धान भइरहेको छ। प्रारम्भिक अनुसन्धानका क्रममा कलाकारहरूले ४० लाखसम्म लिएको स्वीकार गरेका उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक डा. मनोज केसीले बताए।

उनले भने, ‘‘पक्राउ परेका आठजना कलाकार तथा युट्युबरमध्ये कतिले पाँच लाख लिएको, कतिले ४० लाखसम्म कमाई गरेको बताएका छन्। कतिपय तथ्य भेटिएका छन्।’’

गत बिहीबार अनलाइन बेटिङ प्लेटफर्ममार्फत सट्टेबाजीसम्बन्धी प्रचार गरेको आरोपमा प्रहरीले बल्छी ध्रुवे भनिने कलाकार मरिचमान श्रेष्ठ, टेलिसिरियल खेलिरहेका राजु मास्टर भनिने राजु पौडेल पक्राउ परेका छन्। साथैसहित म्याकुरी भन्ने पवन खतिवडा, एलिश राई, ज्वलन घर्तिमगर, गणेश देवकोटा, सरोज घिमिरे र भटभटे माइला भन्ने वेगम नेपालीलाई पक्राउ गरेका छन्।

उनीहरूले कमिसन बापतको पैसा वान–एक्स बेटमार्फत सिधै दिने गरेको पनि पाइएको छ। केही कलाकारहरूलाई निगरानी गरिरहेको र सिजी वेटका विषयमा समेत अनुसन्धान भइरहेको डा. केसीले बताए।

कलाकार एवं युट्युबरले विज्ञापन गरी सट्टेबाजीमा युवा पुस्तालाई आकर्षण गर्ने गरेको भन्दै प्रहरीले अप्रेसन चलाएको थियो।
त्यसको अघिल्लो दिन अनलाइन बेटिङमार्फत सट्टेबाजीको कारोबार गरेको आरोपमा बुधबार मात्रै उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पाँचजना एजेन्टलाई पक्राउ गरेको थियो।

उनीहरूले ७४ करोड कारोबार गरेको फेला परेको थियो। एक जना दिनेश खड्का भन्नेले मात्रै ६४ करोड कारोबार गरेको फेला परेको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved