जसपा विभाजनसम्बन्धी विवाद पूर्ण इजलासमा पठाउन सर्वोच्चको आदेश

नेपालभ्युज

जसपा विभाजनसम्बन्धी विवाद पूर्ण इजलासमा पठाउन सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले जनता समाजवादी पार्टी, नेपाल विभाजनसम्बन्धी विवाद पूर्ण इजलासमा पठाउन आदेश दिएको छ ।

आइतबार न्यायाधीशहरू हरि फुयाँल र तिलप्राद श्रेष्ठको इजलासले विभाजनसम्बन्धी मुद्दालाई पूर्ण इजलासमा पठाउन आदेश दिएको हो ।

गत वैशाख २३ गते अशोक राईसहितका ७ सांसदले जसपा नेपाल विभाजन गरेर जसपा दर्ताका लागि निर्वाचन आयोग निवेदन दिएका थिए । आयोगले २४ गते दल दर्ताको प्रमाणपत्र दिएको थियो ।

त्यसविरुद्ध जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले कानूनविपरीत पार्टी फुटाइएको र दल दर्ताले मान्यता पाउन नहुने जिकिर गर्दै अदालतमा मुद्दा दर्ता गराएका थिए । पछि उनै अध्यक्ष यादवले ती ७ सांसदलाई प्रतिनिधिसभा सदस्यको हैसियतमा कामकाज गर्नबाट रोक लगाउन माग गर्दै अर्को रिट दर्ता गरेका थिए ।

सर्वोच्चले दुवै मुद्दालाई साथै राखेर आइतबार दुई न्यायाधीशको इजलासमा सुनुवाइ गरेको थियो । तर, इजलासले पूर्ण इजलासमा पठाउने आदेश गरेको हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved