मत परिणामपछि मोदीको पहिलो प्रतिक्रिया- यो भारतको इतिहासमा अभूतपूर्व क्षण हो

नेपालभ्युज

मत परिणामपछि मोदीको पहिलो प्रतिक्रिया- यो भारतको इतिहासमा अभूतपूर्व क्षण हो

काठमाडौं । भारतमा भएको लोकसभाको निर्वाचनको मत परिणामा आउन थालेपछि प्रधानमन्त्री नरेन्द्र मोदीले पहिलो प्रतिक्रिया दिएका छन् । मंगलबार मत परिणाम ‌आउन थालेपछि प्रधानमन्त्री मोदीले सामाजिक सञ्जाल एक्समार्फत पहिलो प्रतिक्रिया दिएका हुन् ।

उनले भारतीय जनताले लगातार तेस्रो पटक एनडीएमा विश्वास व्यक्त गर्दै इतिहास रचेकोमा उनीहरुलाई धन्यवाद दिएका हुन् । ‘यो भारतको इतिहासमा अभूतपूर्व क्षण हो’ उनले एक्समा लेखेका छन्,यो माया र आशिर्वादको लागि म मेरो परिवारलाई नमन गर्दछु।’

उनले नयाँ उर्जा, नयाँ जोश र नयाँ संकल्पका साथ आफूहरु देशवासीका आकांक्षा पूरा गर्न अगाडि बढ्ने विश्वास समेत दिलाएका छन् । ‘सबै कार्यकर्ताहरूले गरेको समर्पण र अथक परिश्रमको लागि म हृदयदेखि कृतज्ञता व्यक्त गर्दछु र बधाई दिन्छु, उनले लेखेका छन् ।’

मोदी लगातार तेस्रो पटक वाराणसीबाट लोकसभा सदस्य निर्वाचित भएका छन्।

 

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved