नख्खु कारागारबाट छुटे अफताब आलम

नेपालभ्युज

नख्खु कारागारबाट छुटे अफताब आलम

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसांसद मोहम्मद अफताब आलम नख्खु कारागारबाट छुटेका छन् ।

उच्च अदालत वीरगञ्ज इजलासले बुधबार दिएको सफाइको पत्र प्राप्त भएसँगै उनी छुटेको कारागार प्रशासनले जनाएको छ ।

आलमलाई जिल्ला अदालत रौतहटले दोषी ठहर गर्दै गरेको जन्मकैदको फैसला उल्ट्याउँदै वीरगञ्ज इजलासले बुधबार आलमलाई सफाइ दिएको हो ।

उनी ललितपुरस्थित नख्खु कारागारमा थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved