राष्ट्रपति पौडेल पुन: त्रिवि शिक्षण अस्पतालमा भर्ना

नेपालभ्युज

राष्ट्रपति पौडेल पुन: त्रिवि शिक्षण अस्पतालमा भर्ना

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेल त्रिवि शिक्षण अस्पताल भर्ना भएका छन्।

गएराति स्वास्थ्यमा समस्या देखिएपछि राष्ट्रपति पौडेललाई महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल लगिएको उनका स्वकीय सचिव चिरञ्जिवी अधिकारीले जानकारी दिएका छन्।

उनका अनुसार राष्ट्रपति पौडेललाई  राति अलि गाह्रो भएर ल्याइएको हो। उनलाई कमजोरीका कारण त्यस्तो भएको चिकित्सकहरूले  बताएका छन् । गत मंगलबार मात्रै राष्ट्रपति पौडेलको एन्जियोग्राम गरिएको थियो।

राष्ट्रपति पौडेललाई मनमोहन कार्डियोथेरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरी चिकित्सकहरूको निगरानीमा राखिएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved