सानुको डायरी र प्रेमराजको जाहेरीले टोपबहादुरलाई पठायो थुनामा

सानुको घरबाट बरामद नबिल बैंकको ‘हरियो डायरी’ मा उल्लेखित हिसाबलाई न्यायाधीश न्यौपानेले थुनामा पठाउने आधारको रूपमा व्याख्या गरेका छन्। जाहेरवाला प्रेमराज पन्थीको जाहेरीलाई पनि न्यायाधीशले रायमाझीलाई थुनामा पठाउनुपर्ने तथ्यको रूपमा उल्लेख गरेका छन् ।

नेपालभ्युज

सानुको डायरी र प्रेमराजको जाहेरीले टोपबहादुरलाई पठायो थुनामा

काठमाडौं। जिल्ला अदालत, काठमाडौंले पूर्वमन्त्रीद्वय टोपबहादुर रायमाझी र बालकृष्ण खाँणसहित पक्राउ परेका १८ जना नक्कली शरणार्थी प्रकरणमा कुनै न कुनै रूपमा संलग्न भएको प्रारम्भिक निष्कर्ष निकालेको छ ।

न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासले तत्काल प्राप्त प्रमाणबाट प्रतिवादीहरू हाल कसूरदार होइनन् भन्न सकिने अवस्था नदेखिएको ठहर गरेको छ।
शरणार्थीको कोटामा अमेरिका पठाउने नाममा ठगी धन्दा चलाएको घटनामा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई पुर्पक्षका लागी थुनामा पठाउँदा न्यायाधीशले केही तथ्यलाई आधार मानेका छन्।

आरोपित सानु भण्डारीले रायमाझीविरुद्ध गरेको बयानलाई जिल्ला अदालत काठमाडौंका न्यायाधीश प्रेमप्रसाद न्यौपानेले आधार मानेका छन्। शरणार्थी प्रकरणका मुख्य योजनाकार मध्येका भण्डारीले रायमाझीलाई १ करोड ६० लाख र उनका छोरा सन्दीपलाई ४० लाख दिएको बयान गरेका छन्।

सानुको घरबाट बरामद नबिल बैंकको ‘हरियो डायरी’ मा उल्लेखित हिसाबलाई न्यायाधीश न्यौपानेले थुनामा पठाउने आधारको रूपमा व्याख्या गरेका छन्। जाहेरवाला प्रेमराज पन्थीको जाहेरीलाई पनि न्यायाधीशले रायमाझीलाई थुनामा पठाउनुपर्ने तथ्यको रूपमा उल्लेख गरेका छन् ।

सह–प्रतिवादीहरू सानु भण्डारी, केशवप्रसाद दुलाल र टेकनाथ रिजालको बयानको आधारमा पनि रायमाझी कसुरमा संलग्न रहेको न्यायाधीश न्यौपानेले ठहर गरेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved