मधेशले ल्यायो ४६ अर्ब ९२ करोड ११ लाखको बजेट (पूर्णपाठ)

मधेशले ल्यायो ४६ अर्ब ९२ करोड ११ लाखको बजेट (पूर्णपाठ)

जनकपुरधाम । मधेश प्रदेश सरकारले आर्थिक वर्ष ०८०/८१ का लागि प्रदेशसभामा बजेट प्रस्तुत गरेको छ । अर्थमन्त्री सञ्जय यादवले ४६ अर्ब ९२ करोड ११ लाख रुपैयाँको बजेट शुक्रबार प्रदेशसभामा प्रस्तुत गरेका हुन् ।

प्रदेशसभामा अर्थमन्त्री यादवले प्रस्तुत गरेको बजेटमा चालुतर्फ २० अर्ब ९२ करोड १५ लाख र पुँजीगततर्फ २० अर्ब ९२ करोड १५ लाख बजेट विनियोजन गरेको बताए ।

बजेटमा कृषि, स्वास्थ्य, शिक्षा र सिचाईंलाई प्रमुख प्राथमिकतामा राखिएको छ। प्रस्तुत बजेट अनुसार मधेश प्रदेशमा किसानलाई कार्ड वितरण गर्दै विदेश भ्रमणका लागि बजेट विनियोजन गरिएको छ । ‘हरेक खेतमा पानी, किसानलाई आम्दनी’ अभियान अन्तर्गत सिँचाइका लागि निःशुल्क विद्युत् सेवा उपलब्ध गराउन ४० करोड बजेट मधेश सरकारले विनियोजन गरेको छ ।

मधेश प्रदेशका युवालाई कृषिमा लाग्न प्रोत्साहन गर्ने, मुख्यमन्त्री किसान उत्थान कार्यक्रमका लागि १५ करोड, नमुना कृषि खेतीका लागि १० करोड विनियोजन गरिएको छ ।

यस्तै, कृषिमा आत्मनिर्भर हुन १० वर्षे गुरुयोजना बनाउन ५० लाख, डिप बोरिङ सञ्चालन गर्न ३० करोड, कृषिउपज बजार सेड निर्माणका लागि २ करोड ४० लाख  सहित  कृषिमा  २ अर्ब ६२ करोड ८५ लाख २७ हजार बजेट विनियोजन गरिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved