तोडफोडपछि नेपाल मेडिकल कलेजको ओपीडी सेवा अनिश्चितकालका लागि बन्द

नेपालभ्युज

तोडफोडपछि नेपाल मेडिकल कलेजको ओपीडी सेवा अनिश्चितकालका लागि बन्द

काठमाडौं। जोरपाटी अत्तरखेलस्थित नेपाल मेडिकल कलेजमा अनिश्चितकालका लागि ओपीडी सेवा बन्द भएको छ । अस्पतालमा उपचाररत बिरामीका आफन्तले तोडफोड गरेपछि ओपीडी सेवा अनिश्चितकालका लागि बन्द भएको हो।

अस्पतालले प्रशासनले बुधबार एक सूचना जारी गर्दै तोडफोडमा संलग्न व्यक्तिलाई कारबाही नभएसम्म र स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षाको प्रत्याभूति नभएसम्म इमर्जेन्सीबाहेक अन्य सबै सेवा बन्द गरेको जनाएको छ।

सूचनामा लेखिएको छ- ‘अस्पतालमा कार्यरत चिकित्सकीय सेवा प्रदायक चिकित्सक तथा अन्य कर्मचारीलाई कुटपटि गर्ने अप्रिय शब्द प्रयोग गरी अस्पताल सुचारु हुन नदिने काम भयो, तत्काल यस्ता अवाञ्छित तत्वहरूलाई नियन्त्रणमा लिई कारबाही हुन र स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षाको प्रत्याभूति नभएसम्म यस अस्पतालको इमर्जेन्सीबाहेक सम्पूर्ण ओपीडी सेवा अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको छ।’

२८ जेठमा माकलबारीका ७१ वर्षीय सुवर्णकुमार धिताल पित्तथैलीको शल्यक्रिया लागि भर्ना भएकामा उनको स्वास्थ्य अवस्था जटिल भएपछि पनि चिकित्सकले जानकारी नगराएको भन्दै मंगलबार बिरामीका आफन्त आन्दोलन र तोडफोडमा उत्रिएका थिए ।

बिरामीका आफन्तले अस्पताल परिसरमा नाराजुलुस, हुलहज्जत गरी अस्पतालले टोडफोड जस्ता अवाञ्छित क्रियाकलाप गरेको प्रशासनले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved