नेप्सेमा उच्च अंकको वृद्धि, कारोबार पनि बढ्यो

नेपालभ्युज

नेप्सेमा उच्च अंकको वृद्धि, कारोबार पनि बढ्यो
प्रतीकात्मक तस्वीर

काठमाडौं। मंगलबार नेप्सेमा उच्च रकमको कारोबार भएको छ। मंगलबार बजार परिसूचक नेप्से ३४.१७ वृद्धि हुँदा २०२०.६७ अंकमा बन्द भएको छ । यसअघि, १६ फागुनमा २०१९.९३ अंकमा बन्द भएको थियो ।

मंगलबार नेप्सेका सबै उपसूचकमा वृद्धि हुँदा नेप्सेका सबै उपसूचक बढेका छन् । उत्पादनमूलक उपसूचक सर्वाधिक ४.३२ प्रतिशतले वृद्धि हुँदा लघुवित्त उपसूचक २.६४ प्रतिशतले वृद्धि भएको छ । यस्तै, आज नेप्सेमा ४ अर्ब १२ करोड ६७ लाखको कारोबार भएको छ ।

आज शिवम् सिमेन्टको सर्वाधिक २७ करोड ६७ लाखको कारोबार भएको छ । यस्तै, हिमालयन डिस्टिलरीको १७ लाख ५१ हजार र आईएमई जनरल इन्स्योरेन्सको १६ करोड २७ लाखको कारोबार भएको हो ।

मंगलबार नेप्सेमा कुल २२३ सुचिकृत कम्पनीको सेयर कारोबार भएकोमा १९६ कम्पनीको सेयरमूल्यमा वृद्धि भएको छ । यस्तै २२ कम्पनीको सेयरमूल्यमा गिरावट हुँदा ५ कम्पनीको सेयरमूल्य स्थिर छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved