नेप्सेमा सामान्य वृद्धि, २ अर्ब ८९ करोडको कारोबार

नेपालभ्युज

नेप्सेमा सामान्य वृद्धि, २ अर्ब ८९ करोडको कारोबार
प्रतीकात्मक तस्वीर

काठमाडौं। गत मंगलबारदेखि पछिल्लो पाँच कारोबार दिनमा लगातार वृद्धि भएको नेप्सेमा सोमबार पनि एकल अंकको सामान्य वृद्धि भएको छ । साताको दोस्रो कारोबार दिन आज नेप्से ७.७९ अंकले वृद्धि हुँदा १९८७.८७ बिन्दुमा बन्द भएको छ ।

नेप्सेमा ८५.८८ अंकको वृद्धि भएको छ ।  सोमबार अधिकांश उपसूचकमा गिरावट भए पनि बजारलाई लिड गर्ने बैंकिङसहित होटल तथा पर्यटन, उत्पादनमूलक लगायतका उपसूचकमा वृद्धि हुँदा नेप्से पनि बढेको हो ।

सोमबार भएको ४९ हजार ९४४ वटा नेप्से कारोबारमा कुल ७४ लाख ५४ हजार ७ कित्ता सूचीकृत धितोपत्र किनबेच हुँदा २ अर्ब ८८ करोड ६५ लाखको कारोबार भएको छ ।

सोमबार नेप्सेमा कुल २२३ सूचीकृत कम्पनीको सेयर कारोबार भएकोमा १२६ कम्पनीको सेयरमूल्यमा गिरावट भएको छ । त्यस्तै, ८९ कम्पनीको सेयरमूल्यमा वृद्धि हुँदा ८ कम्पनीको स्थिर छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved