सेयर बजारमा हरियाली, साढे ३ अर्बको कारोबार

नेपालभ्युज

सेयर बजारमा हरियाली, साढे ३ अर्बको कारोबार
प्रतीकात्मक तस्वीर

काठमाडौं। आइतबार सेयर बजारमा ४०.४८ अंकको वृद्धि भएको छ ।  बजार आज २.०९ प्रतिशतले बढेर १९८०.०९ विन्दुमा उक्लिएको छ ।

आइतबार सबै उपसूचकहरू हरियाली देखिए । सबैभन्दा धेरै लगानी उपसूचक (५.११ प्रतिशत) मा वृद्धि भयो । आइतबार २७५ धितोपत्रको ६१ हजार ४५० कारोबारबाट ९५ लाख २८ हजार २५५ कित्ता सेयर किनबेच भएको छ । आइतबार ३ अर्ब ४५ करोड ४३ लाख ४४ हजार ५६३ रुपैयाँ बराबरको कारोबार भएको छ ।

आइतबार भूगोल इनर्जी विकास कम्पनी र सिटी होटलको मूल्य सकारात्मक सर्किट लेबलमा बढ्यो  भने  ग्लोबल आइएमई ब्यालेन्स्ड फन्ड, मेघा म्युचअल फन्ड, मनकामना स्मार्ट लघुवित्तसहितका धितोपत्रको मूल्य धेरैले घटेको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved