हिरासतबाट फरार थुनुवा साढे ४ महिनापछि पक्राउ

नेपालभ्युज

हिरासतबाट फरार थुनुवा साढे ४ महिनापछि पक्राउ

जनकपुरधाम। धनुषाको इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरको हिरासत फोडेर फरार भएका एक थुनुवा पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा क्षीरेश्वरनाथ नगरपालिका-२ रमदैयाका २५ वर्षीय रोशन यादव छन् । उनलाई विशेष सुचनाको अधारमा आज बिहान साढे १० बजे भारत बिहारको सितामढी जिल्लाबाट दिदीको घर महोतरी औरही बजार आउँदै गरेको अवस्थामा पक्राउ गरेको धनुषाका प्रहरीले जनाएको छ ।

माघ १५ गते राति हिरासत फोडेर यादवसहित ६ थुनुवा फरार भएकामध्ये पाँचजनालाई यसअघि नै प्रहरीले विभिन्न स्थानबाट पक्राउ गरिसकेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved