नेपाल समाजवादी पार्टीको केन्द्रीय समिति बैठक बस्दै

“अबको राष्ट्रको संकल्प:नयाँ समाजवादी विकल्प” शीर्षकको २३ पृष्ठ लामो राजनीतिक प्रतिवेदनमा केन्द्रीय सदस्यले सुझाव दिनेछन् ।

नेपालभ्युज

नेपाल समाजवादी पार्टीको केन्द्रीय समिति बैठक बस्दै
फाइल तश्वीर

काठमाडौं । नेपाल समाजवादी पार्टीको केन्द्रीय समिति बैठक आज विहीबार सुरु हुँदैछ ।

भक्तपुरमा बस्ने बैठकले पछिल्लो राजनीतिक अवस्थाको समीक्षा गर्दै पार्टीको आगामी योजना तथा कार्यक्रम बारे निर्णय गर्नेछ । बैठकमा अध्यक्ष बाबुराम भट्टराईले राजनीतिक प्रतिवेदन पेश गर्नेछन् ।

“अबको राष्ट्रको संकल्प:नयाँ समाजवादी विकल्प” शीर्षकको २३ पृष्ठ लामो राजनीतिक प्रतिवेदनमा केन्द्रीय सदस्यले सुझाव दिनेछन् । यसका साथै सांगठनिक प्रस्ताव पनि बैठकमा पेश हुनेछ ।

पार्टीको विधान मस्यौदाको तयारीबारे पनि छलफल हुनेछ । बैठक आज र भोलि २ दिन चल्नेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved