यी हुन् अनुहारको चमक बढाउने फूल

नेपालभ्युज

यी हुन् अनुहारको चमक बढाउने फूल

एजेन्सी। फूलहरू आफैँमा एकदमै सुन्दर वस्तु हुन् । यिनको प्रयोग गरेर हामी पनि सुन्दर बन्न सक्छौं । विभिन्न फूलहरूलाई विभिन्न सामग्रीसँग मिसाएर प्याक बनाएर लगाउँदा अनुहारको छाला चम्किलो र सधैं जवान देखिनेछ।

गुलाफ

गुलाफको फूलबाट बनेको गुलाफ जलको प्रयोगले अनुहारमा धेरै नै फाइदा गर्छ । दूधमा गुलाफको फूलका पत्ताहरू र बेसन मिसाएर अनुहारमा लगाउने र २५ मिनेट राखेर धुने गर्दा अनुहार चम्किलो हुन्छ ।

सयपत्री

सयपत्री फूलको प्रयोग गरेर पनि अनुहारमा चमक ल्याउन सकिन्छ । सयपत्री फूलका पत्ताहरूको पेस्ट बनाएर चन्दनको पाउडर र गुलाफ जल मिसाएर अनुहारमा २० मिनेटसम्म लगाउनुहोस् ।

कमल

कमलको फूलका पत्तीहरूलाई पिसेर आधा चम्चा मह र दूध मिसाएर आफ्नो अनुहारमा आधा घण्टाका लागि लगाउने । कमलको फूलको पेस्ट अनुहारमा लगाउँदा अनुहार चम्किलो र छाला सुन्दर हुन्छ ।

चमेली

अनुहारलाई जवान तथा मुलायम बनाउनका लागि चमेलीको फूलको पेस्ट लगाउनुहोस् । गुलाफ जलसँग चमेलीको फूललाई पिसेर अनुहारमा २० मिनेटसम्म लगाउँदा अनुहारको छालालाई स्वस्थ राख्न सकिन्छ ।

सदावहार फूल

एन्टिअक्सिडेन्ट्सले भरिपूर्ण सदावहार फूलले अनुहारको छालालाई चमकदार तथा स्वस्थ बनाउन सक्छ । त्यसैले, सदावहार फूलको पाउडरमा आधा चम्चा कागतीको रस र आधा चम्चा मह मिसाएर अनुहारमा लगाउनुहोस्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved