एएफसी यू–२० महिला एसिया कपको छनोटमा सहभागी हुने नेपाली टोलीको बिदाइ

नेपालभ्युज

एएफसी यू–२० महिला एसिया कपको छनोटमा सहभागी हुने नेपाली टोलीको बिदाइ

काठमाडौं। अखिल नेपाल फुटबल संघ एन्फाले एएफसी यू–२० महिला एसिया कपको छनोट खेल्ने नेपाली टोलीको बिदाइ गरेको छ। एन्फाले आइतबार दोस्रो चरणको छनोटमा सहभागी हुने म्यान्मार जान लागेको टोलीलाई बिदाई गरेको हो।

मुख्य प्रशिक्षक यम प्रसाद गुरुङले भने, ‘टोलीको मनोबल उच्च छ। माथिल्लो वरीयताको प्लेस्टाइनलाई ६ गोलले पराजित गरेकोले पनि टोलीको मनोबल उच्च छ। विगत २ महिनाको बन्द प्रशिक्षणमा खेलाडीहरू खारिएर आएका छन्। हाम्रो टोली चाइनिज ताइपेई र म्यानमारको भन्दा कम छैन।’

कप्तान दीपा शाहीले टोलीको प्रशिक्षण राम्रो भएको बताइन्। दीपाले भनिन्, ‘तालिम राम्रो भएको छ। दोस्रो चरणमा जितेर तेस्रो चरण पुग्ने लक्ष्य रहेको छ।’

प्यालेस्टाइनमा भएको पहिलो चरणमा समूह विजेता बन्दै नेपाल दोस्रो चरणमा पुगेको थियो । नेपालसँगै समूह ‘बी’मा म्यानमार, चीन र चाइनिज ताइपेई रहेका छन्। समूह ‘ए’मा भने इरान लेबनान, भियतनाम, र अस्ट्रेलिया छन्।

छनोट जुन ३ देखि ११ सम्म आयोजना हुनेछ। छनोटका उत्कृष्ट ४ टोलीले मार्च ३ देखि १६ सम्म उज्वेकिस्तानमा आयोजना हुने यू–२० महिला एसियन कपमा स्थान पक्का गर्नेछन्।

नेपाली टोली
गोलकिपर : लिला जोशी, सावित्री किसान, कविता विक

डिफेन्डर : तुलसा बोहरा, सिमरन राई, सबिना चौधरी, सुनिता भुलान, दिव्या इस्माली मगर, सजनी थोकर, कुमारी तामाङ, प्रतीक्षा चौधरी

मिडफिल्डर :  सरस्वती हमाल,मनमाया दमाईं, सुनकला राई, हिमा रावत, दीपा साही, सुष्मा जीटी, सारा बज्राचार्य, अञ्जली मचामसी

फरवार्ड : गरिमा राई, ममता पुन, अमिषा कार्की, सन्दीपा भोलान


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved