प्रधानमन्त्री प्रचण्ड स्वदेश फिर्ता

उनि राष्ट्रिय ध्वजाबाहक नेपाल एयरलाइन्सको विमानबाट शनिबार साँझ त्रिभुवन विमानस्थल काठमाडौंमा अवतरण गरेका हुन् ।

नेपालभ्युज

प्रधानमन्त्री प्रचण्ड स्वदेश फिर्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारतको ४ दिने भ्रमण सकेर स्वदेश फर्किएका छन् ।

उनि राष्ट्रिय ध्वजाबाहक नेपाल एयरलाइन्सको विमानबाट शनिबार साँझ त्रिभुवन विमानस्थल काठमाडौंमा अवतरण गरेका हुन् ।

चार दिने भ्रमणको क्रममा प्रधानमन्त्री दाहालले भारतसँग ऊर्जा ब्यापार, कार्गो रेल, पारवहन, डिजिटल भुक्तानी प्रणाली लगायतका विषयमा सम्झौता गरेका छन् ।

सो अवसरमा उनले भारतीय समकक्षी मोदीसहित राष्ट्रपति, उपराष्ट्रपति र अन्य उच्च अधिकारीहरूसँग भेट गरेका थिए

दाहालले शुक्रबार मध्य प्रदेशको उज्जैनस्थित महाकालेश्वर मन्दिरमा १०८ किलो रुद्राक्ष चढाउँदै पूजा समेत गरेका थिए ।

उनी गत बुधबार  ४ दिने भारत भ्रमणका लागी नयाँदिल्ली प्रस्थान गरेका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved