ईपीजीको विषय उचालेर सम्बन्ध बिगार्न चाहिनँः प्रधानमन्त्री प्रचण्ड

नेपालभ्युज

ईपीजीको विषय उचालेर सम्बन्ध बिगार्न चाहिनँः प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले प्रबुद्ध व्यक्ति समूह (इपीजी)को विषयलाई उचालेर आफूले दुई मुलुकबीचको सम्बन्ध बिगार्न नचाहेको बताएका छन् ।

भारतको औंपचारिक भ्रमण पूरा गरी शनिबार अपरान्ह स्वदेश फर्किएका प्रचण्डले त्यो विषयलाई धेरै उचालेर आर्थिक र दुई पक्षीय सहयोगको क्षेत्र विस्तारको परिणाममुखि वातावरण नेपालले बिगार्न नहुने पनि पटकपटक दोहोर्‍याए ।

‘सकारात्मक परिणाम आउन लागिरहेको बेलामा वातावरण बिगार्नेगरी नकारात्मक धेरै कुरा गरेर नेपाललाई धेरै फाइदा छैन । अहिले तपाईहरुले भन्नु भयो नि इपीजीको कुरा । यो हामी सबैको चासोको विषय हो’ उनले भने, ‘अब मैले आफ्नो ढंगले कुरा नगरेको छैन । आफ्नो ढंगले कुरा गरेको छु । तर अहिले यो विषयलाई बढी उचालेर अब यो आर्थिक र दुई पक्षीय सहयोगको क्षेत्र विस्तारको जो परिणाममुखी वातावरण बनेको बिगार्नु उचित थिएन ।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved