नक्कली भुटानी शरणार्थी प्रकरण: बुधबार टेकनारायण पाण्डेसहित ४ जनाको बयान लिइयो

नेपालभ्युज

नक्कली भुटानी शरणार्थी प्रकरण: बुधबार टेकनारायण पाण्डेसहित ४ जनाको बयान लिइयो

काठमाडौं। नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपितमध्ये हिजो बुधबार चार जना प्रतिवादीको बयान लिइएको छ ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा प्रतिवादी गोविन्द चौधरी, नेपाल सरकारका निलम्बित सचिव टेकनारायण पाण्डे, सानु भण्डारी र रामशरण केसीको बयान लिइएको बताइएको छ ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रतिवादीको बयान जेठ १२ गतेदेखि काठमाडौँ जिल्ला अदालतमा लिन थालिएको छ । 

अहिलेसम्म १२ प्रतिवादीको बयान लिइसकिएको जनाइएको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी तथा पूर्व गृहमन्त्री बालकृष्ण खाणसहित १७ जना पक्राउ परेका छन् ।

उक्त प्रकरणका आरोपितमध्ये १३ जना अझै फरार रहेको प्रहरीले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved